काठमाडौं :
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले यहि जेठ १७ गते देखि २० गतेसम्म भारतको भ्रमण गर्ने भएका छन् । प्रतिनिधिसभामा जेठ १५ मा सरकारले बजेट प्रस्तुत गरेलगत्तै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डको करिब ५ महिनापछि भारत भ्रमण जान लागेका हुन् । चारदिने भ्रमणलाई मध्यनजर गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयले गृहकार्यलाई तीव्रता दिएका छन् । गृहकार्यका लागि परराष्ट्रमन्त्री साउदले पूर्वपरराष्ट्रमन्त्रीहरु, भारतका लागि पूर्वराजदूत तथा विज्ञहरु र पूर्वपरराष्ट्र सचिवहरूसँग सुझाव लिइसकेका छन् । दुई मुलुकबीचका सीमा समस्या, सन्धि सम्झौता, द्विपक्षीय व्यापार, आपसी सहयोगलगायत विषयमा मुलुकको हितका लागि एजेन्डा तय गर्न पूर्वपरराष्ट्रमन्त्रीहरुबाट बिहीबार र शुक्रबार सुझाव लिइसकेका छन् ।