हेटौँडा, जेठ ११, २०८०ः
हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत बक्सिङ प्रतियोगितामा भक्तपुर जिल्लाले तिन स्वर्ण पदक जितेको छ।
महिला तर्फ ५० केजि तौल समुहमा अस्मिता दुवाल, ५२ केजि तौल समुह तर्फ भावना भन्डारी र पुरुष तर्फ ८६ केजि तौल समुहमा बिजय बाताले स्वर्ण पदक हात पार्न सफल भएका हुन।
तिन स्वर्ण संगै भक्तपुर जिल्ला बक्सिङमा तृतिय स्थान हासिल गर्न सफल रहे।
खेलाडीहरुको प्रदर्शन बाट आफुहरु सन्तुष्ट रहेको प्रशिक्षक केदार तुइतुइ र ब्यबस्थापक राम क़्र्ष्ण प्रजापतिले नौलोआयामलाई जानकारी दिनु भयो ।
