पुर्वाधार बिकास, सम्पदा पुनर्निर्माण, संरक्षण एब ऐन नियम निर्माणमा एक कदम अगाडी
मध्यपुर थिमि, जेठ १३, २०८०ः
रत्न काजि प्रजापति
मध्यपुर थिमि नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको १ बर्ष पुरा भएको छ। यो १ बर्षको अबधिमा नगरले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना लगायत भौतिक पुर्बाधारको बिकास अनि सम्पदा पुनर्निमाण एब संरक्षणमा महत्वपुर्ण उपलब्धि हासिल गरेको छ।
मध्यपुर थिमि नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएको १ बर्ष पुगेको अबसरमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आफुहरुको चुनाबी प्रतिबद्दता अनुसार नगरलाई समृद्द बनाउन आफुहरु लागिरहेको बताउनु भयो। प्रमुख श्रेष्ठले नगरको विकास निर्माण सँगै सुशासन कायम गर्नु आफ्नो प्राथमिकतामा रहेको बताए। उहाँले भौतिक पूर्वाधारतर्फ यो एक वर्षमा मन्दिर ९ वटा, फल्चा(पाटी) ११ वटा, वहा २ वटा, विभिन्न मन्दिर परिसर २१ वटा, पार्क ९ वटा, ऐतिहासिक दरवार २ वटा, बौद्ध बिहार १ वटा, पोखरी १ वटा, घाट १ वटा र गुम्बा १ वटा निर्माण भएको बताउनुभयो ।
त्यसैगरी सडक पूर्वाधारतर्फ कालोपत्रे २१ वटा, सडक ढलान २१ स्थानमा, रिटेनिङ वाल १९ स्थानमा, ढुङ्गा छपाई २८ स्थानमा, बल्क छपाई ११ स्थानमा कार्य भएको जानकारी दिँदैं नगर प्रमुख श्रेष्ठले १८ स्थानमा बाटो खोल्ने र फराकिलो गर्ने कार्य भएको र एउटा पुल निर्माण भएको बताउनुभयो । त्यस्तै खानेपानीतर्फ ५ वटा योजना, ढल निकासतर्फ २८ वटा र भवन तथा ट्रस निर्माण १८ वटा र अन्य मर्मत सम्भार २७ वटा योजना सञ्चालन भएको बताए।
नगर प्रमुख श्रेष्ठले विगतमा नगरपालिका ऐन, नियम, कानुन, कार्यविधि विना सञ्चालन भइरहेको पाईएकोले नागरिकलाई असल सुशासनको अनुभुती दिलाउन र नगरपालिकालाई व्यवस्थित ढंगले पारदर्शी रुपमा सञ्चालन गर्न १४ वटा ऐन, नियम, कार्यविधि र निर्देशिका निर्माण गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले यो बर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, फोहोरमैला ब्यबस्थापन उल्लेखनिय पगति भएको जानकारी दिनु हुदै आफुहरुले महिला, बालबालिका, जेष्ठ नागरिक एब अपांगता भएका ब्यक्तिहरुको लागि बिशेष योजना तथा कार्यक्रमहरु संचालन गरेको बताउनु भयो।
मध्यपुर थिमि नगर क्षेत्र भित्र रहेका बिभिन्न मुर्त अमुर्त कला संस्कृति तथा सम्पदाहरुको प्रचार प्रसार र प्रबर्धन गर्दै नगरबासिको आर्थिक स्तर उकास्नको लागि मध्यपुर पर्यटन बिकास समिति मार्फत बिभिन्न प्रचारात्मक कार्यक्रमहरु सम्पन्न गरेको बताउनु भयो।
पत्रकार सम्मेलनमा स्वागत मन्तब्य राख्नु हुदै नगर उप प्रमुख विजयकृष्ण श्रेष्ठले आफुहरुले गरेको चुनाबी बाचा शिक्षा, स्वास्थ्य , रोजगार अनि फोहोरमैला ब्यबस्थापन आफुहरुको बिशेष प्राथमिकतामै रहेको बताउनु हुदै बर्षौ देखि स्थानिय जनताको समस्याको रुपमा रहेको स्वबासी पुर्जाको समस्या धेरै हद सम्म समाधान भै सकेको बताउनु भयो। उहाले हालसम्म २ हजार पुर्जा वितरण गरि सकिएको जानकारी दिनुभयो ।
उप प्रमुख विजयकृष्ण श्रेष्ठले स्वास्थ्यमा नगर बासिको सहज पहुच हुनु पर्नेमा आफ्नो बिशेष जोड रहेको बताउदै उहाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा डायलासिस सेवा शुरु गरिएको, सिटी सक्यान मेसिन जडान गरिएको, अस्पतालको व्यवस्थापनमा सुधार गरिएको, नगरका सबै वडामा स्वास्थ्य सेवा बिस्तार गरिएको, नगरका ६० देखी ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुको निःशुल्क बिमा गरिएको, नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराएको, व्लड बैंक स्थापनाको तयारी गरिएको र अस्पतालको सेवा बिस्तारका लागि २०० शैयाको नयाँ भवन निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नगरका ९ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, प्रमुख प्रशाुसकिय अधिकृत विजयराज सुवेदी, नगरका प्रशासन महाशाखा प्रमुख केशव सिलवाल, योजना महाशाखा प्रमुख सत्यनारायण साहलगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

