भक्तपुर, जेठ १९, २०८०ः
भक्तपुर जिल्लाका बिभिन्न योजनाहरुको लागि संघीय सरकार, योजना आयोगबाट करिब ११ करोड बजेट बिनियोजन भएको छ।
शिक्षा, स्वास्थ्य, खानेपानी तथा पुर्वाधार बिकासका बिबिध योजनाहरुमा बजेट बिनियोजन भएको हो।
बिनियोजित बजेट अनुसार नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको लागी रु १ करोड ३० लाख, जन आदर्श क्याम्पस भवन निर्माणको लागी रु १ करोड, निल बाराही चक्रपथ निर्माण र पहिरो नियन्त्रणको लागी रु ८० लाख, धुन्चे मधुचोक राजकुलो हुँदै बुद्धचोक मगरगाउ सडकको लागी रु ५० लाख छुटाइएको छ।
त्यसै गरी खडका डिल खानेपानी आयोजनाको लागी रु ८० लाख, मुहान पोखरी खानेपानी आयोजनाको लागी रु १ करोड १५ लाख, के एम सि ,फैढोका ,चा न पा १ वडा कार्यालय , सरस्वतीखेल बसपार्क , सोमथली, स्याल्डडा सडकको लागी रु ८० लाख, डाडागाउ भु क्षय नियन्त्रण योजनाको लागी रु ८० लाख, सागा भंगाल खडका गाउँ नाला सडकको लागीरु ८० लाख, ख्वप इन्जिनियरिङ कलेज ब्लक बि भवन निर्माणको लागी रु २ करोड ५० लाख र भक्तपुर नगरमा शीत भण्डागृह भवन निर्माणको लागी रु ५० लाख बिनियोजन गरिएको छ।
Source: DP Dhakal