मध्यपुर थिमिमा पत्रकारिता तालिम सम्पन्न

संचार नीति बनाएर छिट्टै लागु गरिनेः नगर प्रमुख सुरेन्द्र श्रेष्ठ

तलिममा सिकेको सिप र कला ब्यबहारिक रुपमा प्रयोग गर्न नगर उपप्रमुख बिजय श्रेष्ठको आग्रह

रत्न काजि प्रजापति

मध्यपुर थिमि, जेठ १८, २०८०ः

मध्यपुर थिमि नगरपालिका र मध्यपुर सञ्चार समाजले संयुक्त रूपमा आयोजित सातदिने पत्रकारिता तालिम आज सम्पन्न भएको छ। रोजगारीमुलक खोज पत्रकारिता, फोटोग्राफी, युट्युब एब अनलाईन पत्रकारिता बारेमा तालिम दिईएको उक्त तालिममा सञ्चारकर्मी केके मानन्धर, सागर गुरागाइँ, सुमन श्रेष्ठ तथा विकेन रंजितले प्रशिक्षण दिएका थिए। उक्त तालिममा उपत्यकाका करोब ३० जना प्रशिक्षार्थि पत्रकारहरुको सहभागीता रहेको थियो।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आफु निर्बाचित भएको एक बर्षमा नगरपालिकाले ९ बटा ऐन , नीति नियम तथा कार्यबिधिहरु बनाई सकेको जानकारी दिनु हुदै नगर पालिकाले शिक्षा, स्वास्थ्यका क्षेत्रमा महत्वपुर्ण कार्यहरु गरेको बताउनु भयो। नगर प्रमुख श्रेष्ठले आगामी आर्थिक वर्षमा सञ्चार नीति बनाएर नगरपालिका अगाडि बढ्ने बताउदै पत्रकारहरुले नगरपालिकाका कार्यहरुलाई मिडियामा प्रचार गर्नु पर्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका उपप्रमुख बिजय श्रेष्ठले तालिममा सिकेको सिपलाई ब्यबहारमा लागु गर्नु पर्ने कुरामा जोड दिदै पत्रकारहरुले सन्तुलित हुदै समाचार संप्रेशन गर्नु पर्ने बताउनु भयो।

तालिम समापन कार्यक्रम मध्यपुर संचार समाजका अध्यक्ष बाबु काजि श्रेष्ठको सभापतित्वमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!