काठमाडौँ ,जेठ १९, २०८०ः
नेकपा (एमाले) ले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा (एकीकृत समाजवादी) छाडेर पार्टी प्रवेश गरेका नेता मुकुन्द न्यौपाने, चुडामणि जंगली, प्रेम बहादुर सिंह, भागवत विश्वासी, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर रहेका छन् ।