मध्यपुर थिमि, जेठ १९, २०८०:
रत्न काजी प्रजापती
मध्यपुर थिमि नगरपालिकाले आज किसानहरुलाई काउ म्याट बितरण गरेको छ ।
नगरपालिकामा आज आयोजित एक समारोहका बिच नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख बिजय श्रेष्ठले नगर क्षेत्र भित्रका किसानहरुलाई करिब २१२ थान काउ म्याट बितरण गरेको हो ।
नगर क्षेत्र भित्र पशु ब्यबसाय गर्दै आएका करिब २५ किसानहरु उक्त कार्यबाट लाभान्वित भएको उपप्रमुख बिजय श्रेष्ठले जानकारी दिनु भयो ।

