नया दिल्लीमा प्रधानमन्त्री : प्रचण्ड र सुरक्षा सल्लाहकार डोभालबीच भेटवार्ता

काठमाडौं, जेठ १७, २०८०ः

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्नुभएको छ।

चार दिवसीय भारत भ्रमणका लागि आजै दिल्ली पुग्नु भएका प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल मौर्यमा पुगेर सुरक्षा सल्लाहकार डोभालले भेट गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्डसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले समेत सोही होटलमा पुगेर भेट गर्नुभएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमास्थलमा आज दिउँसो भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!