अबदेखि आयातित तरकारी तथा फलफूलमा भ्याट लाग्ने

काठमाडौं, जेठ २०, २०८०ः

नेपाल सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत तरकारी, फलफूल तथा केही दैनिक उपभोग्य गरी १ सय ६७ वस्तुहरुमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ( भ्याट) लगाउने घोषणा गरेको छ ।

आयातित तरकारी तथा फलफुल अब १३ प्रतिशत महंगो पर्नेछ । सरकारले बजेटमार्फत हरियो प्याज र आलु बाहेक केराउ, बोडी, काउली, सिमी पालुंगो, गोलभेडा लगायतका तरकारीहरुमा भ्याट लगाएको छ । यस्तै स्याउ, एभोकाडो, चेरी, स्ट्रभेरी, कीवि लगायतका फलफुलमा भ्याट लगाउने भएको छ ।

कृषिमा आन्तरीक उत्पादनलाई जोड दिने, साना किसान तथा साना व्यापारीलाई असर नपर्ने गरी भ्याट लगाउने बजेट मार्फत घोषणा गरेको अर्थ मन्त्रालयले जनाएको छ । ५० लाखभन्दा कम कारोवार गर्ने साना किसान तथा व्यासायीलाई भ्याट नलाग्ने मन्त्रालयको भनाई छ ।

नेपालमा बर्षेनी ३ खर्ब भन्दा बढी रुपैयाँको कृषि उपज वस्तु र २८ अर्ब रुपैयाँ बरावरको तरकारी तथा फलफुल आयात हुने गरेको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!