काठमाडौँ, जेठ २०, २०८०ः
नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा लीलाराज खनाल निर्वाचित भएका छन्। युनियनकाे हिजो सम्पन्न प्रथम अधिवेशनबाट खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
त्यसैगरी युनियनको उपाध्यक्षमा पुष्कर बुढाथोकी, समावेशी उपाध्यक्षमा नीरज तामाङ, महिला उपाध्यक्षमा सीता न्यौपाने, महासचिवमा साइँला तामाङ, सचिवमा अमृत पौडेल, केशव ढुङ्गाना र विष्णु पन्थी, कोषाध्यक्षमा शङ्कर अर्याल र सहकोषाध्यक्षमा पुनिता झा सर्वसम्मत निर्वाचित भएका छन।
कार्यसमितिको सदस्यहरुमा कुवेर गिरी, सम्वेग बस्नेत, दीपेन्द्र अधिकारी, रामहरि पराजुली, सुन्दर पाण्डे, कुमार भण्डारी, सीता शर्मा, सुशीला सिग्देल, मुक्तिनाथ आचार्य, तुलसीराम भण्डारी, नवराज कार्की, दीपक घिमिरे र रमा भुर्तेल निर्वाचित भएका छन्।
यस्तै, लेखा समितिको संयोजकमा नारायण अधिकारी, सदस्यमा भावना हमाल र लक्ष्मी गौतम निर्वाचित भएका छन । उपत्यका प्रदेश प्रतिष्ठानको अधिवेशन सकिएसँगै सबै प्रदेशमा युनियनको संरचनाले पूर्णता पाएको छ।