स्वतन्त्र पार्टिको मध्यपुर नगर भेला सम्पन्न

न्हुछे रत्न मानन्धरको नेतृत्वमा १३ सदस्यीय नगर समिति गठन

मध्यपुर थिमि,जेठ २०, २०८०ः

राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर समितिकाे नगर भेला सम्पन्न भएको छ। भेलाले न्हुछे रत्न मानन्धरको सभापतित्वमा १३ सदस्यीय नगर समिति गठन छ। नबगठित समितिको उपसभापतिमा स्मृति भट्टराई (श्रेष्ठ), सचिवमा मुरारी नेपाल, काेषाध्यक्षमा समीर पाैडेल चयन भएका छन।

त्यसैगरी समितिका सदस्यहरुमा उषा प्रजापति, गुन्जना ढुंगाना, नरेश राज बज्राचार्य ,आराधना बर्मा ,अमित दाहाल , सुवास काेइराला ,शैलेस जाेशी , श्याम जाेशी र अश्विन खनाल चयन भएका छन।

रास्वपा भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेतको सभापतित्वमा भएको उक्त भेलामा प्रतिनिधिसभाकाे सघीय सांसद तथा रास्वपाका केन्द्रीय सदस्य माननीय विराजभक्त श्रेष्ठ, माननीय सन्ताेष परियार, माननीय विन्दवासिनी कंसाकार, रास्वपा केन्द्रीय सदस्य कुसुम महर्जन, प्रमिला कुलुजुको उपस्थिति रहेको थियो।

भेलालाई सम्बोधन गर्नु हुदै सांसद विराजभक्त श्रेष्ठले हाल भैरहेका विकृति र विसंगति न्यूनीकरण गर्नमा रास्वपाले भूमिका खेल्ने बताउदै अरू पार्टीको भन्दा फरक र अब्बल तरिकाले आफुहरुले काम गर्ने बताए। कार्यक्रममा माननीय सन्ताेष परियारर माननीय विन्दवासिनी कंसाकारले पनि आफ्नो भनाई राखेका थिए।

नबनिर्वाचित सभापति मानन्धर बिभिन्न सामजिक तथा ब्याबसायिक संघ संस्थाहरुमा आबद्द हुनु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!