भक्तपुर, जेठ २०, २०८०ः
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको भक्तपुर जिल्ला संमन्वय समितिको संयोजकमा सरराज उप्रेती चयन भएका छन् । आज बसेको वाईसिएल नेपाल भक्तपुर जिल्ला संमन्वय समिति बिस्तारित बैठकले समितिको संयोजकमा उप्रेती र सचिवमा सुरेन्द्र सुवाललाई सर्वसम्मत मनोनित गरेको वाईसिएल नेपाल केन्दिय सदस्य एबम् भक्तपुर जिल्ला ईन्चार्ज नरेश रन्जितले जानकारी दिए।
बैठकले वाईसिएललाई प्रत्येक वडामा बिस्तार गर्दै प्रति वडा ५० सदस्य बनाउने अभियान समेत शुरुवात गर्ने निर्णय गरेको ईन्चार्ज रन्जितले जानकारी गराए । त्यस्तै बैठकले संगठनको चारैवटा नगरको नगर सम्मेलन गर्ने र जिल्ला सम्मेलनको आयोजना गर्ने निर्णय समेत गरेको उनको भनाइ छ ।

