आदिवासी सञ्चारकर्मीलाई क्षमता अभिवृद्धि तालिम

मन्थली, रामेछाप, जेठ २३, २०८०ः

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) नेवा: ताम्सालिङ प्रदेश (बागमती)ले महासंघमा आवद्ध सञ्चारकर्मीलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयको सहयोगमा आयाजित तालिममा बागमती प्रदेशका १३ जिल्लाका ३० सञ्चारकर्मीहरुको सहभागिता थियो ।

आदिवासी माझीहरुको थातथलो मानिएको रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजित तालिममा अपाङ्गता भएका व्यक्तिहरुको सवाल, आदिवासी जनजाति लगायतका बिषयमा समाचार तथा फिचरलेखन सम्बन्धि प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणकै दौरानमा त्यहाँँका माझी बस्तीको भ्रमण गरी माझी अगुवाहरुसंग अनतरक्रिया गराइएको थियो । त्यस अवसरमा माझी भाषाको अवस्था, माझी प्रथाजनित संस्था मझेसेवा, माछामार्ने परम्परागत सीपका सम्बन्धमा अन्तरक्रिया गरिएको थियो ।

मन्थली नगरपालिकाका प्रमूख लव श्रैष्ठले शुक्रवार उद्घाटन गर्नू भएको तालिम कार्यक्रमको आइतबार समापन गरिएको थियो । समापन कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय अध्यक्ष गजुर्धन राइले सहभागिता जनाउनु भएको थियो ।

तालिममा प्रमूख प्रशिक्षक कुमार यात्रु तामाङले अपाङ्गता भएको व्यक्तिको पहिचान, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र अपाङ्गमैत्री पहुँचयुक्त भौतिक संरचना, अपांगमैत्री सञ्चारका बारेमा प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी आदिवासी जनजातिमा भइरहेको विउपनिवेशीकरणको अभियान, परम्परागत आदिवासी ज्ञानको संरक्षण, प्रथाजनित संस्थाको अवस्था, भाषिक अधिकारका सवालमा पनि सहभागीहरुसंग अन्तरक्रिया गर्नू भएको थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा भएको समापन समारोहमा बोल्दै फोनिजका संघीय अध्यक्ष गजुरधन राईले आदिवासी पत्रकारहरुले सिमान्तकृत समुदायको पक्षमा आफूलाई उभ्याउनु पर्ने बताउनु भयो । Read

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!