चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधीको एक वर्ष ः न्यायिक समितिमा ५४% मुद्दा फर्छ्यौट

चाँगुनारायण, जेठ २४, २०८०ः
रत्न काजि प्रजापति

चाँगुनारायण नगरपालिकाको न्यायिक समितिमा एक बर्षमा करिब ५४% मुद्दा फर्छ्यौट छ। एक बर्षमा न्यायिक समितिमा दर्ता हुन आएका ६५ वटा निबेदन मध्ये ३५ वटा निबेदन फर्छ्यौट भएको छ।
चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधीको एक वर्षे कार्यकाल पुरा भएको अबसरमा नगरपालिकाले आज आयोजना गरेको एक कार्यक्रममा उक्त जानकारी दिईएको थियो।

नगर प्रमुख जिबन खत्रीले प्रस्तुत गरेको प्रतिबेदन अनुसार न्यायिक समितिमा विवाद निरुपण गर्न प्रत्येक हप्ताको शुक्रवार र आवश्यकता अनुसार समितिको बैठक बस्ने गरिएको छ। अशक्त, असहाय, निम्न वर्गका निवेदन आफैं लेख्न नजान्ने मानिसहरुलाई न्यायिक समितिमा निवेदन दर्ता गर्न कार्यालयबाटै निःशूल्क निवेदन लगायत आवश्यक कानूनी लिखत मस्यौदा गर्ने गरिएको र निबेदन दर्ता शुल्क साबिक रु ५०० बाट घटाएर रु १०० कायम गरिएको छ।
न्यायिक समितिको कार्य सम्पादनमा सहजिकरणको लागि २ जना थप सूचीकृत र ३० जना अध्यावधिक भएका मेलमिलापकर्ता सहित जम्मा ३२ जना मेलमिलापकर्ता सूचीकृत भएका छन।

त्यसैगरी न्यायिक समितिको कार्य प्रभावकारिता बढाउन अन्य विभिन्न स्थानीय तहका न्यायिक समितिहरुको अध्ययन/ अवलोकन गरी इजलास सञ्चालन, मिसिल व्यवस्थापन, जनशक्ति परिचालनलगायत अन्य असल अभ्यासहरुलाई यस नगरपालिकाको न्यायिक समितिमा अभ्यास गरिएको न्यायिक समितिको कार्य प्रभावकारिता बढाउन अन्य विभिन्न स्थानीय तहका न्यायिक समितिहरुको अध्ययन/ अवलोकन गरी इजलास सञ्चालन, मिसिल व्यवस्थापन, जनशक्ति परिचालन लगायत अन्य असल अभ्यासहरुलाई नगरपालिकाको न्यायिक समितिमा अभ्यास गर्ने गरिएको जानकारी नगर प्रमुख खत्रीले बताउनु भयो।

चाँगुनारायण नगरपालिकामा कानून निर्माणको लागी कानून शाखा मार्फत् विधायन समितिमा छलफल गराई सभा वा कार्यपालिकामा पेश गरेर मात्र कानून निर्माण वा संशोधन गर्ने एकद्वार प्रणालीको विकास गरिएको कुराको जानकारी कार्यक्रममा दिईएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!