सबै मिलेर फुटबलको विकास गर्नुपर्नेमा समिति अध्यक्ष थापाको जोड
भक्तपुर, २५ जेठ, २०८०ः
कृष्ण किसि
भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखुद्धारा हस्ताक्षरित ज्ञापनपत्र उपाध्यक्ष सुनिल प्रजापति र रामकृष्ण प्रजापति, सदस्य रघु प्रजापति लगायतले भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापालाई एक समारोहबीच बिहिबार कार्यकक्षमा बुझायो ।
ज्ञापनपत्र बुझ्दै भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले सबै मिलेर फुटबलको विकास गर्नुपर्ने र जिल्ला संघ अधिकारीकताको लागि एन्फामा सात दिनको पत्राचार गरेको त्यसको जवाफ नआए जिल्ला खेलकुद विकास समितिले तदर्थ समिति बनाउन पहल गर्ने बताउनुभयो । उहा“ले मेरो मान्छे कोहि राख्नुपर्दैन तर फुटबल विकासमा लाग्नेहरु मिलेर टिम दर्ता गराएर छ महिना भित्र तदर्थ समितिले चुनाव गरेर आधिकारीक जिल्ला संघ गठन गर्ने मनशाय रहेको बताउनुभयो ।
ज्ञापन पत्र बुझाउ“दै उपाध्यक्ष रामकृष्ण प्रजापतिले भक्तपुर जिल्ला फुटबल संघ कसको हो भने आधिकारीकताको लागि सम्माननीय सर्बोच्च अदालतमा मुद्दा भई पेशी समेत चढेको अवस्थामा दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको लागि फुटबल खेलाडी छनौटमा अनधिकृत व्यक्तिलाई आधिकारीकता मानि एन्फाका महासचिवद्धारा हस्ताक्षरित पत्र बोकी अन्यलाई खेलाडी छनोट नगराउन जिल्ला खेलकुद विकास समितिलाई दबाब, हेपाहा प्रवृतिको पत्र ठाडो आदेश भएकोले बताउनुभयो । उहा“ले सम्माननीय सर्बोच्च अदालतमा मुद्दा भएको विषयमा किशोर हेक्का, रुपेश धौबञ्जार र अनिल हेक्कालाई एन्फाले भक्तपुर जिल्ला फुटबल संघको आधिकारिकता दिई पत्र पठाउन अदालतको अपहेलना र मानहानी भएको बताउनुभयो । उहा“ले ज्ञापन पत्रको बोधार्थ अखिल नेपाल फुटबल संघ (एन्फा)मा समेत दिएको बताउनुभयो ।