पशु सेवाका कार्यालयहरु गाभिन लागेकोमा पशु औषधी ब्यबसायीको आपति

दुग्ध बिकास बोर्ड खारेजिको बिरोध

काठमांडौ, जेठ २६, २०८०ः
रत्न काजि प्रजापति

नेपाल पशुपन्छी औषधि ब्यबसायी संघले सरकारद्वारा प्रस्तुत आ ब २०८०/०८१ को बजेट मार्फत पशु सेवा संग सम्बन्धित कार्यालयहरु गाभिनुका साथै दुग्ध बिकास बोर्ड खारेज गर्न लागेकोमा कृषि मन्त्रीको ध्यानाकर्षण गरेको छ । संघका केन्द्रिय अध्यक्ष पुर्णचन्द्र सापकोटाद्वारा आज जारी गरिएको बिज्ञप्ति मार्फत बिभागिय मन्त्रीको ध्यानाकर्षण गरिएको हो।

यहि जेठ १५ गते माननीय अर्थमन्त्रीले प्रस्तुत गरेको आ ब २०८०/०८१ को बजेटमा सिमा नाका क्वारेन्टाइन कार्यालय, पशु क्वारेन्टाइन कार्यालय तथा खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणिकरण कार्यालयलाई गाभी एउटै कार्यालय बनाई खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग मातहत ल्याउने उल्लेख छ ।

बजेटमा कृषि तथा पशु सम्बन्धि प्रयोगशाला, फार्म केन्द्र र श्रोत केन्द्रलाई प्रदेश तहमा हस्तान्तरण गर्ने र रास्ट्रिय दुग्ध बिकास बोर्ड खारेज गरि सम्बन्धित मन्त्रालयबाट कार्य सम्पादन हुने उल्लेख छ ।

“पशु स्वास्थ्य संग सम्बन्धित यति गहन बिषयमा प्रत्यक्ष सरोकार राख्ने निकायहरु संग छलफल नै नगरी हालको अबस्थाको बारेमा जानकारी नै नलिई हचुवाको भरमा एक पक्षिय रुपमा सार्बजनिक गरेकोमा संघको गम्भीर घ्यानाकर्षण भएको छ ।” संघको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

गाभिन लागेका, प्रदेशमा हस्तान्तरण हुन लागेका र खारेज गर्न लागेका पशु स्वास्थ्य संग सम्बन्धित कार्यालयहरु केन्द्र मातहत नै रहने गरि यथावत संचालन गरि सो बिषयहरुको गाम्भिर्यता एब प्रशासनिक जटिलताहरुको बारेमा सरोकारवालाहरु संग छ्लफल नगरी कार्यान्वयन नगर्न ब्यबसायी संघले जोडदार माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!