काठमाडौं, जेठ ३०,२०८०ः
सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले प्रेस नोट जारी गर्दै आज नियमित स्वास्थ्य परीक्षण गर्न जानुभएका राष्ट्रपति पौडेललाई भर्ना गरिएको जानकारी दिनुभयो।
निर्देशक डा. अधिकारीका अनुसार राष्ट्रपति पौडेललाई २४ घण्टा अवलोकनको लागि अस्पतालमा राखिएको छ। उहालाई बुधबार डिस्चार्ज गर्ने तयारी भएको डा अधिकारीले जानकारी दिनुभयो। हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
हेर्नुहोस प्रेस नोट:
