आफ्नै दाईको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, जेठ ३०, २०८०ः
आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ ओमबहाल माथेमा चोक बस्ने सुरज शाक्यलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवाद हुँदा सुरज शाक्यले धारिलो हतियार प्रहार गर्दा सूर्य शाक्यको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सुरज शाक्यलाई काठमाडौं असनबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!