भोलि विहान भक्तपुरमा साइकल यात्रा हुने

भक्तपुर, जेठ ३०, २०८०ः

भोलि बुधबार विहान भक्तपुरमा साइकल यात्रा हुने भएको छ ।

विश्व रक्तदाता दिवस जुन १४ को उपलक्ष्यमा नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला कमिटी र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले गर्न लागेको साईकल यात्रा विहान ६ बजे नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दूधपाटी भक्तपुरबाट शुरु हुने छ । साइकल यात्रा भक्तपुरका विभिन्न शहरहरुको परिक्रमा गरी दूधपाटीमै पुगेर टुंगिने छ । यात्रा ८ किलोमिटरको रहने जनाइएको छ ।

यात्रापछि दूधपाटीमा रक्तदान कार्यक्रम हुने जनाइएको छ । रक्तदानमा १८ वर्षका १८ जना नवयुवाहरुले रक्तदान गर्ने योजना राखिएको छ । कुल ५० जना भन्दा वढीले रक्तदान गर्ने आशा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!