मध्यपुर थिमि नगरपालिकाद्वारा संस्थागत बिद्यालयको छात्रबृत्ति सम्बन्धि सुचना प्रकाशित

मध्यपुर थिमि, जेठ ३०,२०८०:
रत्न काजी प्रजापती

मध्यपुर थिमि नगरपालिकाले संस्थागत बिद्यालयको छात्रबृत्ति सम्बन्धि सुचना प्रकाशित गरेको छ।

आज प्रकाशित सुचना अनुसार नगरपालिकाको नगर शिक्षा एन २०७९ को दफा २८(१) र (२)ले ब्यबस्था गरे अनुसार उपलब्ध हुने छात्रबृत्तिको लागि नगरपालिका भित्रका संस्थागत बिद्यालयमा कक्षा १ देखि ९ सम्म अध्ययनरत लक्षित समुहका बिद्यार्थीहरुले यहि असार १५ गते भित्र आ आफ्नो वडाको सिफारिस सहित नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा निबेदन दिन सकिने छ।

के छ शिक्षा एन तथा शिक्षा नियमावलीमा?

शिक्षा एन २०२८ को दफा १६ (ञ) तथा शिक्षा नियमावली २०५९ को नियम १५१(२) ले ब्यवस्था गरे अनुसार संस्थागत बिद्यालयमा भर्ना भएका कुल बिद्यार्थी संख्याको दश प्रतिशतले नघट्ने गरी जेहेन्दार, बिपन्न,गरिब, महिला,अपागंता भएका ब्यक्ति, दलित, आदिबासी जनजाती,मधेशी,अल्पसंख्यकलाई निशुल्क छात्रबृत्ति उपलब्ध गराउनु पर्ने प्राबधान रहेको छ।

त्यसैगरी नगरपालिकाको नगर शिक्षा एन २०७९ को दफा २८(१) र (२)ले ब्यबस्था गरे अनुसार भर्ना भएका जम्मा विद्यार्थी संख्यालाई आधार मानेर १०% बिद्यार्थी लाई शतप्रतिशत मानी त्यसमध्ये ५०% बिद्यालय छात्रवृत्ति ब्यबस्थापन समितिले तथा बाकी ५०% नगरपालिकाले स्वामित्व ग्रहण गरि बितरण गरिने प्राबधान रहेको छ ।
हेर्नू होस सुचना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!