मध्यपुर थिमिमा असार १६ मा रोजगार मेला हुने

मध्यपुर थिमि, जेठ ३०,२०८०:

रत्न काजी प्रजापती

मध्यपुर थिमिमा यहि असार १६ गते रोजगार मेलाको आयोजना गरिने  भएको छ ।  मघ्यपुर थिमि नगरपालिकाका प्रमुख  सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज सरोकारवालाहरु सङको छलफल पश्चात रोजगार मेला आयोजना गर्न मुल कमिति गठन गरेको छ ।

मध्यपुर थिमि नगरपालिका वडा नं ३ का वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता श्री कृष्णहरि आचार्यको अध्यक्षतामा १३ सदस्यीय रोजगार मेला आयोजना मूल समिति गठन गरेको हो ।

भेलाले मेला भब्यरुपमा सफल पार्नको लागि व्यापक तयारी शुरु गर्ने भएको छ साथै मेला आयोजना स्थल पछि तय गरिने बताएको छ ।

फोटो सौजन्य : पवन श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!