“कान्तिपुर कफी”को नया आउटलेट ललितपुरको पुल्चोकमा

ललितपुर, जेठ ३२, २०८०ः
रत्न काजि प्रजापति

लोकप्रिय कफी ब्रान्ड “कान्तिपुर कफी”को नया आउटलेट ललितपुरको पुल्चोकमा संचालन हुने भएको छ।

करिब १ बर्ष अघि ललितपुर बालकुमारीको केभिडी कमप्लेक्समा आफ्नो पहिलो आउटलेट संचालन गरेको कान्तिपुर कफीले आफ्नो दोश्रो आउटलेट पुल्चोकमा संचालन गर्न लागेको हो।

पहिलो आउटलेटमा नेपाली कफी प्रेमी ग्राहकहरुबाट प्राप्त अपार माया र प्रेरणाबाट आफुहरु नया आउटलेट खोल्न थप हौसिएको बताउदै कफीका संचालन युवा ब्यबसायी अनिश बडालले छिट्टै नै उपत्यकाका अन्य स्थानहरुमा पनि सम्भाब्यता अध्ययन गरी थप आउटलेट बिस्तार गरिने जानकारी दिनु भयो।

“हामी कान्तिपुर कफी लाई ब्रान्डिगं गर्दै उपत्यकाका बिभिन्न स्थानहरुमा फ्रेन्चाईजि मार्फत शाखा बिस्तार गर्ने योजनामा छौ। ” संचालक बडालले जानकारी दिनु भयो।

युवा जनशक्ति बिदेश पलायन भैरहेको बर्तमान अबस्थामा स्वदेश मै बसेर पनि केहि गर्न सकिन्छ भन्ने सन्देश दिदै ब्यबसायी बडालले युवाहरु यदि कफी सम्बधि कुनै ब्यबसाय गर्न चाहेमा आफुहरुले सहयोग गर्ने बताउनु भयो।

बिगत दुई दशक देखि नेपालको पोल्ट्री उधोग लगायत बिभिन्न उध्यमहरुमा निकै सफल रहेको कान्तिपुर भेट डिस्ट्रीब्युटर प्रा. ली. ले आफ्नो नया उध्यमको रुपमा कान्तिपुर कफीको शुरुवात गरेको थियो। नेपालीहरु माझ बिकसित हुदै आएको कफी प्रतिको मोह एबं रुचिको कारण आफुहरुले नया उध्यमको रुपमा यस क्षेत्रमा लगानि गरेको कान्तिपुर भेट डिस्ट्रीब्युटर प्रा ली का प्रबन्ध निर्देशक हेमराज (ऋषि) बडालले बताउनु भयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!