‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याए फिल्म चल्न नदिने ः मेयर शाह

काठमाडौं, जेठ ३२, २०८०ः

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश वाक्य नसच्याए नेपालमा फिल्म चल्न नदिने बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याए फिल्म चल्न नदिने बताएका हुन्।

उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन तब सम्म काठमाडौँ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन।यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!