काभ्रेका तामाङ लागु औषध सहित भक्तपुरबाट पक्राउ : अन्दाजि ४ किलो ५२० ग्राम गाँजा बरामद

भक्तपुर, असार १, २०८०ः

काभ्रे रोसी गाउपालिका १० मंगलटार घर भई हाल भक्तपुर बस्ने बर्ष २३ को अभी तामाङलाई ्प्रहरीले लागू औषध गाँजा सहित पक्राउ गरेको छ। निजको साथबाट प्रहरीले अन्दाजी लागू औषध गाँजा . ४ किलो ५२० ग्राम बरामद गरेको छ।

विहीबार साँंझ ६ बजे प्रहरी चेकिङको क्रममा प्रहरी प्रभाग दरवार स्क्वायरबाट खटिएको प्रनानि खिल बहादुर दुलालको टोलिले तामाङलाई पक्राउ गरेको हो । पक्राउपछि उनलाई परिसर भक्तपुरमा ल्याईएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!