भक्तपुर, असार १,२०८०ः
कृष्ण किसि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सूर्यविनायक नगर समितिले आज सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थपासँंग परिचयात्मक भेटघाट गरेको छ। रास्वपाका सूर्यविनायक नगर समिति अध्यक्ष मनोज केसीको नेतृत्वको टोलीले प्रमुख थापा संग भेट गरेको हो।
भेटका क्रममा अध्यक्ष केसीले समसामयिक विषयमा मेयर थापाको ध्यानाकर्षण गराउदै आफूहरु देशकै चौथौं ठूलो दल भएकोले नगरपालिकाको हरेक नगर बैठकमा प्रतिनिधित्व पाउनुपर्ने माग गरेको छ। उनले नगरपालिकाले दिने कृषि अनुदान धेरै कृषकहरु सम्म नपुगेको, दिएको कृषि अनुदानमा पनि नक्कली किसानहरुको हालीमुहाली रहेको बताउदै नगरपालिकाले कृषि अनुदानको नाममा भ्रष्टाचार गरेको आरोप लगाए ।
भेटघाटमा नगर प्रमुख बासुदेब थापाले रास्वपा टोलीलाई यो वर्षको बजेटबाट नगरमा धेरै विकास निर्माणका कामहरु भइरहेको जानकारी गराए ।
भेटमा रास्वापाको नगर पार्टीका सदस्य रामकृष्ण देउजा, जनक कार्की, सुसान्त डोटेल, अनिल खागीलगायतका नेताहरुको सहभागिता थियो।
स्वतन्त्र पार्टीको भक्तपुर जिल्ला समिति गठन भइसकेको छ । साथै तिन वटा नगरपालिकाहरु सूर्यविनायक, चाँंगुनारायण र मध्यपुर थिमिमा नगर समिति गठन भैसकेको छ।