सूर्यविनायक-धुलिखेल सडक विस्तारको यातायातमन्त्री ज्वालाद्वारा अनुगमन

समयमै काम पूरा गर्न निर्माण व्यवसायीलाई निर्देशन

काठमाडौं, असार २, २०८०ः

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सूर्यविनायक-धुलिखेल सडक विस्तार कार्यको अनुगमन गर्नु भएको छ। सडक अनुगमन गर्नु हुदै मन्त्रि ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक-धुलिखेल सडक विस्तार समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। उहाले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गर्ने बताउनुभयो।

मन्त्री ज्वालाको नेतृत्वमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायतको टोलीले सडकखण्डको अनुगमन गरेको थियो।

सूर्यविनायक-धुलिखेल सडकखण्ड दुई खण्डमा विभाजन गरी हाल सडक विस्तारको काम भइरहेको छ। हाल सडकका दुवै किनारमा पर्खाल निर्माण भइरहेको छ। कुल १६ किलोमिटर लम्बाइ रहेको यस सडकखण्ड विस्तारको काम गत वर्षबाट सुरु गरिएको हो। झन्डै आठ अर्ब ४२ करोड लागतमा निर्माण भइरहेको सडकखण्डमा तीन स्थानमा पक्की पुलसमेत निर्माण गरिने आयोजनाका प्रमुख राजेन्द्र दासले जानकारी दिनुभयो।

तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ बायाँ पाँच पाँच मिटरको सर्भिस लेन र साढे दुई मिटरको पैदल यात्रु मार्गको निर्माण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!