बाताबरण मैत्री कफी सप ” कान्तिपुर कफी”: दोश्रो आउटलेट ललितपुरको पुल्चोकमा

आजबाट औपचारिक शुभारम्भ

ललितपुर,असार २, २०८०ः
रत्न काजि प्रजापति

लोकप्रिय कफी ब्रान्ड “कान्तिपुर कफी”को नया आउटलेट ललितपुरको पुल्चोकमा आजबाट औपचारिक रुपमा संचालनमा आएको छ।

करिब १ बर्ष अघि ललितपुर बालकुमारीको केभिडी कमप्लेक्समा आफ्नो पहिलो आउटलेट संचालन गरेको कान्तिपुर कफीले आफ्नो दोश्रो आउटलेट पुल्चोकमा संचालन गरेको हो।”कान्तिपुर कफी”को दोश्रो आउटलेटको आज एक बिशेष समारोहका बिच नेकपा एमालेका नेता तथा पुर्ब मन्त्रि केशब बडालले उद्घाटन गर्नु भयो।

“कान्तिपुर कफी”का संचालक युवा ब्यबसायी अनिश बडालले कन्तिपुर कफी खोलेर आफुले नेपालमा भबिश्य नै नभएको जस्तो गरेर बिदेश जान लालायित युवाहरुलाई नेपालमै बसेर केहि उध्यम गर्न सकिन्छ भन्ने सन्देश दिन चाहेको बताए। कान्तिपुर कफीले गुणस्तरिय नेपाली कफीको प्रयोग गरेकोले नेपाली कफी पारखिहरुले निकै रुचाएको बडालले बताए।

“हामीले आफै ग्राहक बनेर सोच्दा जे अपेक्षा हामी कफी सपबाट गर्छौ, त्यस्तै प्रकार र स्तरको गुणस्तरिय सेवा कान्तिपुर कफीले दिनेछ। ” संचालक बडालले भने। “हामि बाताबरण संरक्षण प्रति पनि सचेत छौ, त्यसैले हामि प्लास्टिकको सट्टा कागजको स्ट्र प्रयोग गर्छौ। हामि प्लास्टिकका टेकअवे कपहरुको बिकल्प पनि खोज्दैछौ। ” संचालक बडालले आफुहरु प्लास्टिकको न्युन प्रयोगमा सचेत रहेको बताए।

बिगत दुई दशक देखि नेपालको पोल्ट्री उधोग लगायत बिभिन्न उध्यमहरुमा निकै सफल रहेको अग्रणी संस्था कान्तिपुर भेट डिस्ट्रीब्युटर प्रा. ली. ले आफ्नो नया उध्यमको रुपमा कान्तिपुर कफीको शुरुवात गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!