मध्यपुर थिमि,
रत्न काजि प्रजापति
“सिप सिकौ आत्मनिर्भर बनौ” भन्ने नाराका साथ शुरु भएको तिन महिने सिलाई बुनाई तालिम सम्पन्न भएको छ।
मध्यपुर थिमि नगरपालिकाको साझेदारीमा स्वतन्त्र जुझारु महिला समुहको आयोजनामा भएको उक्त तालिम कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर उपप्रमुख बिजय कृष्ण श्रेष्ठले तालिममा सिकेको सिप र ज्ञानलाई ब्यबहारमा उतार्न जोड दिनु भयो। उहाले महिलाहरुले सकेसम्म ब्याबसायिक रुपमै सिकेको सिप प्रयोग गरेर आर्थिक रुपमै आत्मनिर्भर हुनु पर्ने बताउनु भयो।

समारोहलाई सम्बोधन गर्दै महिला समुहका उपाध्यक्ष तथा प्रशिक्षक सुर्य लक्ष्मि प्रजापतिले तालिममा सहभागीहरुको सकृयता र उत्साहले आफु थप हौसिएको बता उदै अझै सिप निखार्नको लागि एड्भान्स तालिममा पनि सहभागी हुन आग्रह गर्नु भयो। साथै हातमा सिप र क्षमता भएमा महिलाहरु कहिल्यै बेरोजगार बस्नु नपर्नेमा जोड दिनु भयो।
गत चैत्र २ गते शुरु भएको तिन महिने उक्त तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो।

