कान्तिपुर भेटले ल्यायो बजारमा लम्पी स्कीन रोग विरुद्धको भ्याक्सिन

काठमाण्डौ, असार ७, २०८०ः
रत्न काजि प्रजापति

नेपालमा हाल पशुचौपायामा माहामारी बन्दै गैरहेको लम्पी स्किन रोगको नियन्त्रणको लागि लम्पी स्किन डिजिज भ्याक्सिन ( LUMPY SKIN DISEASE VACCINE) नेपाली बजारमा उपलब्ध भएको छ। पशु स्वास्थ्य क्षेत्रको अग्रणि संस्था कान्तिपुर भेट डिष्टिब्युटर्स प्रा.लि.ले हेस्टर बायोसाईन्स तान्जानियाबाट उत्पादित उक्त भ्याक्सिन नेपाली बजारमा उपलब्ध गराएको हो।

‘लम्पी रोग लागिसकेपछि खासै उपचार नभएको र रोकथामका लागि भ्याक्सिन नै एकमात्र उपाय रहेको सन्दर्भमा हामिले आयात गरेको NEETHLING STRAIN को भ्याक्सिन नेपालका गाई, भैंसीलाई रोग गराउने भाइरसविरुद्ध प्रभावकारी रहेको छ ।’ कान्तिपुर भेटका संचालक हेमराज बडाल (ऋषि)ले जानकारी दिनु भयो।

नेपालमा २०७७ साल साउन १२ गते लम्पी स्किन रोग पुस्टि भएको थियो। त्यस समयमा आठ जिल्लामा यो रोग देखिएको थियो। त्यसबेला मात्र आठ जिल्लामा देखिएको यो रोग २०८० सम्म आईपुग्दा झन्डै नेपाल भरी फैलिएको अनुमान छ। पशु सेवा बिभागको तथ्यांक अनुसार करिब चार लाख पशु चौपाया यो रोगबाट संक्रमित भइसकेका छन् भने झन्डै १० हजारको हाराहारीमा गाई भैंसीको मृत्यु भैसकेको तथ्यांक छ।

नेपाली बजारमा दुई दशकदेखि पशुपंक्षीमा प्रयोग गरिने गुणस्तरीय भ्याक्सिन तथा पशु औषधिहरु उपलब्ध गराउँदैं आएको कान्तिपुर भेट डिष्टिब्युटर्स पशुपंक्षि औषधि आपुर्तिकर्ताहरु मध्ये अब्बल रहेको पाईन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!