काठमांडौ, असार ८, २०८०ः
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषकले आफ्नो उत्पादनको मूल्य कम पाउने र उपभोक्ताले बदि मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन्।
आज संघीय संसदमा बसेको बैठकमा सांसद अर्जुननरसिंह केसीले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले तरकारीको बजार प्रणालीमा देखिएको समस्या समाधानका लागि पनि व्यवस्था मिलाइएको बताए।
उनले भने ‘कृषि उपजको बजार प्रणालीमा कृषकले न्युन मूल्य पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नु पर्ने अवस्थाको अन्त्य गर्न प्रमख खाद्यान्न वालीको सिजन पूर्व नै समर्थन मुल्य तोक्ने व्यवस्था नेपाल सरकारले गरेको छ। दूध उत्पादक किसानले पाउने न्यूनतम मूल्य तोकिएको छ भने उखु उत्पादक कृषकहरुलाई ७० रुपैयाँ प्रतिक्वीन्टलको हिसावले अनुदान उपलव्ध गाराउने व्यवस्था मिलाइएको छ। तरकारीको बजार प्रणालीमा देखिएको समस्या समाधान गर्न विकेन्द्रित प्रणली अपनाई प्रदेश र स्थानीय सरकारलाई समेत जिम्मेवार गर्ने गरि कार्य अगाडि बढेको छ।’