अनियमित १२ सहकारी खारेज गर्ने तयारी : नगरपालिकाले जारी गर्यो १५ दिने सुचना

भक्तपुर, असार ९, २०८०ः

भक्तपुर नगरपालिकाको कार्य क्षेत्रभित्र पर्ने १२ सहकारीहरुलाई नगरपालिकाले खारेज गर्ने प्रक्रिया शुरु गरेको छ।

नगरपालिकाले साबिक डिभिजन सहकारी कार्यालयमा दर्ता भई आफुमा हस्तान्तरण भएका, लामो समयसम्म सम्पर्कमा नआएका र पटक पटक सुचना प्रकाशित गर्दा समेत सम्पर्कमा नआएका, लेखा परिक्षण नगरेका, साधारण सभा नगरेका, नियमित प्रतिबेदनहरु नबुझाएका १२ सहकारीहरुलाई खारेज गर्नु पुर्ब सुनुवाईको मौका दिएको छ।

हिजो एक सुचना प्रकाशित गर्दै नगरपालिकाले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा सम्पर्कमा नआएमा संस्था खारेज गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!