वाग्मती प्रदेशसभा बैठक स्थगित

हेटौडा, असार १३, २०८०ः

वाग्मती प्रदेशसभा बैठक चार दिनको लागि स्थगित भएको छ । आज बुधबार करिब आधाघण्टा मात्र सञ्चालन भएको प्रदेशसभाको बैठक असार १७ गते बस्ने गरी स्थगित भएको हो ।

प्रतिपक्ष दल एमाले र राप्रपाका अवरोधका कारण प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल प्रारम्भ हुन सकेको छैन । बुधबारको प्रदेशसभा बैठकमा राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापाले सम्बोधन गरेसँगै प्रतिपक्ष दल एमालेसहित राप्रपाका सांसदले उठेर सदनमा अवरोध सिर्जना गरेका थिए ।

सांसदको विरोधसँगै सभामुख भुवन पाठकले प्रदेशसभाको बैठक स्थगित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!