काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफुले मागे जति दाइजो नदिएको झोकमा विवाह तोड्ने धम्की दिएको भन्दै मण्डपबाटै नियन्त्रणमा लिइएका बेहुला अनुराग रौनियारलाई थुनामा राख्न पाँच दिन म्याद दिएको छ ।
सुनसरीका ३२ वर्षीया रौनियारलाई प्रहरीले मंगलबार नक्सालस्थित एक पार्टी प्यालेसबाट पक्राउ गरेको थियो । विवाह भइरहेकै बेला बेहुली र उनको परिवारसँग ५० लाख रुपैयाँ दाइजो मागेपछि उनी प्रहरी नियन्त्रणमा पुगेका हुन् ।
रौनियार अमेरिकी ग्रिनकार्ड होल्डर हुन् ।