आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित

पक्षमा १४७ मत, विपक्षमा १०८, अन्यमा शुन्य मत

काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेको विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताबको पक्षमा १४७ मत, विपक्षमा १०८ मत परेको थियो , मत दिन्नँ वा तटस्थमा शून्‍य मत परेको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले घोषणा गरे। मतदान प्रक्रियामा जम्मा २५५ जना सांसद सहभागी भएका थिए।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, रास्वपा, राप्रपा, जनमत पार्टीहरूले बजेटको विपक्षमा मत हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!