प्रदेश बक्सिङ संघको प्रथम साधारण सभा सम्पन्न ः धनकुमार मैनालीको अध्यक्षतामा ११ सदस्यीय कमिति गठन

ललितपुर, १५ असार, २०८०ः

बागमती प्रदेश बक्सिङ संघको प्रथम साधारण सभा सम्पन्न भएको छ।बागमती प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य हिक्मत थपलियाको प्रमुख आतिथ्यतामा र नेपाल बक्सिङ संघका कोषाध्यक्ष गौतम सुजखुको विशेष आतिथ्यतामा नेपाल बक्सिङ संघका प्रतिनिधि मान बहादुर भण्डारीको सभापतित्वमा सधारण सभा क्लासिक बैंक्वेट हात्तिबनमा सम्पन्न भयो ।

साधारणसभाले धनकुमार मैनालीको अध्यक्षतामा ११ सदस्यीय कमिति गठन गरिएको छ । कमितिको उपाध्यक्षमा रामचन्द्र थापामगर, सचिवमा रामकृष्ण प्रजापति, कोषाध्यक्षमा भुपेन्द्र विष्ट र सदस्यहरुमा रमेश श्रेष्ठ, बम बहादुर स्याङताङ, कुल बहादुर थापा, सुनिल शर्मा निर्विरोध निर्वाचित ्भएको छ। कमितिको पहिलो बैठकले सुमन कुमार के.सीलाई उपाध्यक्षमा, रत्न अवाले र सुरज ग्वाछालाई सदस्यमा मनोनित पनि गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!