सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण

काठमाडौँ ः नेकपा एमालेले पार्टी सचिव योगेश भट्टराईमाथि भएको अभद्र व्यवहार प्रति ध्यानाकर्षण भएको जनाएको छ । इलाम बजारमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा भट्टराईमाथि अभद्र व्यवहार भएको थियो।

एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले एक विज्ञप्ति जारी गर्दै सचिब भट्टराई माथि भएको अभद्र व्यवहार प्रति ध्यानाकर्षण भएको जनाएको छ।

‘संविधान र कानुनी व्यवस्थाअनुसार प्रदेशसभाको दुई तिहाइ बहुमतबाट भएको कोशी प्रदेश नामकरणमा असहमति राख्ने समूहले एमाले र यसका नेताहरूलाई विगत केही महिनादेखि गरिरहेको आक्रमण प्रयासको पछिल्लो शृंखलाका रूपमा आज इलाममा सचिव भट्टराईमाथि गरिएको अभद्र व्यवहारको एमालेले निन्दा गर्दछ’, एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!