सरकार जसरी पनि सत्ता टिकाउने दाउमा रहेको एमाले नेता ढुंगेलको आरोप

भक्तपुर, असार १४, २०८०ः
कृष्ण किसि

नेकपा एमालेका केन्द्रिय सदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री कैलाश ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जसरी पनि सत्ता टिकाउने खेलमा लागेको बताएका छन् ।
नेकपा एमालेका तत्कालिन महासचिव स्व.मदन भण्डारीको ७२ औं जन्मदिनका अवसरमा पार्टी निकट नेपाल खेलकुद महासंघ भक्तपुर शाखाले आयोजना गरेको वाकथुन कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढुंगेलले भने “सत्तापक्ष नै खानेपानी समितिदेखि माथीसम्म गठबन्धन गरेर एमालेलाई हराउने अभियानमा सक्रिय छ । आजपनि मदन भण्डारीले प्रतिपादन गरको जबज नै उचित राजनीतिक सिद्धान्त भएकाले उहाँ वितेर गएपनि यसको महत्व रहिरहेको छ। “

कार्यक्रममा एमाले जिल्ला कमिटीका अध्यक्ष बचन देउजा, सचिव मोहनवीर श्रेष्ठ, चाँगुनारायण नगरकमिटिका अध्यक्ष राम तिमल्सिना, मध्यपुरथिमि नगरकमितिकाका सुर्यलाल श्रेष्ठ, भक्तपुरका मदन देउलालगायतको उपस्थिती रहेको थियो । वाकथुन नपुखुबाट सुरु भएर सल्लाघारी हुदैं एमाले जिल्ला पार्टी कार्यालय सूर्यविनायक पुगेर टुंगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!