सञ्चारकर्मीहरुको सुझावमा मिडिया परिचालन नीति निर्माण गरी लागू गरिने
सुर्यबिनायक, असार १४, २०८०ः
रत्न काजि प्रजापति
सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटमा स्थानीय सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनको गर्ने नीति लिएको छ । नगरपालिकाले त्यसका लागि मिडिया क्षेत्र परिचालन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको हो ।
नगरपालिकाका प्रमुख बासुदेव थापाले बुधवार पत्रकार भेटघाट कार्यक्रममा स्थानीय मिडिया क्षेत्रलाई प्रवर्द्धन गर्न रु २५ लाख रुपैंया बजेट विनियोजन गरेको बताए । नेपाल पत्रकार महासंघ र विभिन्न सञ्चारकर्मीहरुको सुझावमा आगामी वर्ष मिडिया परिचालन नीति निर्माण ्गरी लागू गर्ने जानकारी दिए ।
उक्त अवसरमा नगर प्रमुख थापाले पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको भवन निर्माणका लागि समेत आवश्यक बजेट दिने प्रतिवद्धता प्रकट गरे । “बजेटमा विनियोजन गरेको छैन भनेर हुँदैन कार्यपालिका बैठकबाट निर्णय गरेर भवन निर्माणमा सहयोग गर्छौं,” उनले प्रष्ट पारे ।