सुर्यबिनायक, असार १४,२०८०ः
रत्न काजि प्रजापति
सूर्यविनायक नगरपालिकाको आयोजनामा घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा राष्ट्रिय धान दिवसको अवसर पारेर भोलि असार १५ गतेदेखि १७ गतेसम्म ३ दिने सूर्यविनायक घरेलु कृषि तथा पर्यटन मेला २०८० आयोजना हुँदैछ ।
दिगो विकास व्यवस्थित शहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर भन्ने दीर्घकालीन सोच अनुसारको लक्ष्य प्राप्तिको लागि आर्थिक विकास एक महत्वपूर्ण सूचक भएको कुरा महशुस गरी उक्त मेला आयोजना हुन लागेको हो।
सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासको रुपमा रहेको घरेलु तथा साना उद्योग कृषि र पर्यटन क्षेत्रको प्रबद्र्धनसँगै कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोड्ने उद्देश्यका साथ आधुनिक प्रविधि र अनलाइन मार्केटिङगमा उत्पादक र उपभोक्तासम्म पहुँच पुर्याउने लक्ष्यका साथ मेला आयोजना गरिएको हो ।
मेलामा सूर्यविनायक नगरका लघु, घरेलु,साना उद्यमी एवं महिला उद्यमीहरुको उत्पादनहरु, माटाका भाडाँकुडाका उत्पादनहरु, स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसायहरु, स्थानीय मौलिक उत्पादनहरु ( जुजु द्यो, ताइचिन चिउरा, भादगाउँले टोपी, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्टकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु मौलिक नेवारी खाजा, समय बजी, यमरी, चटामारी, बारासहितको फुट फेष्टिवल मौलिक एवं परम्परागत साँस्कृतिक प्रस्तुती, स्थानीय गायक गायिकाको साङ्गितिक प्रस्तुतीसहित मेलामा ९० वटा स्टलहरु रहनेछन् ।
तीन दिनसम्म सञ्चालन हुने उक्त मेलामा दश हजार भन्दा बढि सहभागिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।