भक्तपुर, असार १५, २०८०ः
स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुर जिल्ला शाखा तथा एवीसीडी खवर डटकम डटएनपी अनलाइनको संयुक्त आयोजनामा आज भक्तपुरमा पत्रकार भेटघाट तथा दही चिउरा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रिय महासचिव महेशजंग कुँंवर, केन्द्रिय उपमहासचिव रत्न काजि प्रजापति, केन्द्रिय सल्लाहकार डा इन्दुल केसी, राष्टिय पार्षद् कृष्ण किसी, केन्द्रिय पार्षद् प्रताप राणा, संघका जिल्ला अध्यक्ष सुरेशप्रसाद सैंजू, जिल्ला सचिव प्रेम प्रजापति, फोटो पत्रकार जयराम प्रजापति, इन्जिनियर राजन कुसी, संगम लामा,लगायत विभिन्न टेलिभिजन, एफएम, पत्रपत्रिका तथा अनलाइन सम्बद्द पत्रकारहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा स्वतन्त्र पत्रकार संघ भक्तपुर शाखाका सभापति सुरेशप्रसाद सैंजूज्यूले भक्तपुर जिल्लामा स्वतन्त्र पत्रकार सघबाट गरिआएका विभिन्न कार्यहरुको जानकारी दिनुभयो । एवीसीडी खवरका कृष्ण किसीले हालै एवीसीडीको गतिविधिको जानकारी दिनुका साथै यसका दर्शक, पाठकहरु ३७ लाख भन्दा वढी रहेको बताए । साथै यस अनलाइनमा समाचार, साहित्य, खेलकुद आदिबारेका समाचार लेखहरु नियमित रुपमा प्रकाशन भइरहेको जानकारी दिनुभयो । यस अनलाइनको आयोजनामा निकट भविष्यमा पत्रकारिताका विभिन्न विषयमा तालिम सञ्चालन हुन लागिरहेको कुरा पनि जानकारी दिनुभयो ।
केन्द्रिय महासचिव कुँंवरले भक्तपुरमा भइराखेको उल्लेखित दुई वटा संस्थाहरुले गरिआएको कार्यको सराहना गर्दै अव गरिने कार्यहरुको लागि केन्द्रबाट सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
केन्द्रिय उपमहासचिव रत्न काजि प्रजापतिले सतरिको दशकमा धान निर्यात गर्ने हैसियतमा रहेको नेपाल हाल आएर आयातमा भर पर्नु परेको बताउदै आजको दिनमा किसानले भोग्नु परेका समस्याहरुलाई पत्रकारहरुले उजागर गर्दै समस्या समाधानको लागि पहल गर्नु पर्नेमा जोड दिनु भयो।
कार्यक्रममा केन्द्रिय सल्लाहकार डा इन्दुल केसीले धान दिवस शीर्षकमा सान्दर्भिक एवं रोचक कविता पनि प्रस्तुत गर्नुभएको थियो ।
सभाका सभापति सुरेश सैंजूज्यूले कार्यक्रममा सहभागी सवैलाई धन्यवाद ज्ञापन गर्नुका साथै हामी दुई वटा संस्थाबाट आयोजना गरेको दही चिउरा खाने कार्यक्रममा सहभागी भएकालाई धन्यवाद दिनुभयो ।