मध्यरातमा खसी चोर्न खोज्ने चागुबाट पक्राउ

भक्तपुर ।

भक्तपुरको चागुनारायण नगरपालिका ४ चागु हलछापमा रहेको एउटा बाख्रागोठबाट मंगलबार मध्यरातमा खसी चोर्न खोज्ने एकजना पक्राउ परेको छ । प्रहरीका अनुसार ओखलढुङ्गा मलङ गा.पा.८ घर भई हाल हलछाप बस्ने बर्ष ५५ को नारायण राईले गोठ भाडामा लिई बाख्रापालन गरेकोमा चागु हलछाप बस्ने बर्ष ५० को श्याम परियार (मा.प.से) उक्त बाख्रागोठमा प्रवेश गरी खसी फुकाउदै गरेको अबस्थामा संचालकले थाहा पाई हल्लाखल्ला गररेपश्चात निज श्याम परियार भागेका थिए । निजलाई भाग्दै गरेको अबस्थामा सोही स्थान नजिकको प्रहरी चौकी चागुबाट खटिएको प्र.ब.ना.नि.निर्मल खत्रीको टोलीले नियन्त्रणमा लिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । पक्राउपछि उनलाई परिसर भक्तपुर ल्याई राखिएको जनाइएको छ । उक्त स्थान परिसर भक्तपुरबाट ७ कि.मि.उत्तर पस्चिममा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!