चोरेर ल्याएको कार घरमा छिर्यो : लाखौको क्षति, ब्यक्ति प्रहरी नियन्त्रणमा

भक्तपुर ,असार २०, २०८०ः

सूर्यबिनायक नगरपालिका वडा नं ८ डोलेश्वरमा रोकी राखेको प्रदेश नं. ३–०१–०२२ च ४९८९ नं. को कार भक्तपुर नगरपालिका ५ आर्दशबाट चोरी ल्याएको भेटिएको छ । काभ्रे बेथानचोक – ४ घर भई हाल डोलेश्वर बस्ने बर्ष २८ को श्रबण खत्रीले बाग्मती प्रदेश नं. ०२–०२९ प ३५०४ नं. को स्कुटी चलाई ल्याएको र सोही स्कुटीको ्साचोले कारको ढोका खोली कारको क्लोज दबाउदा उक्त कार उडेर बाटो मुनि रहेको बलराम खाइतुको २ तल्ले पक्की घरमा छिर्न गई बुधबार दुर्घटना भएको हो।

दुर्घटनाबाट मानवीय क्षति नभएको भए पनि अन्य क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घरको ढोका, जस्ता र फलामको ट्रस गरी अन्दाजी. रु एक लाख (१,०००००।–), घरभित्र रहेको डिफ्रिज , घरको वाल र कारको बिभिन्न भागमा क्षति भएको जनाइएको छ ।
उक्त स्थानमा वृत्त जगातीबाट प्र.ना.नि. रामबहादुर चौधरीको कमाण्डमा ५ जनाको टोली खटिएको थियो । उक्त ब्यक्ति वृत्त जगातीको नियन्त्रणमा आएको र कार घटनास्थमा नै रहेको जनाइएको छ । कार चालक जिल्ला रामेछाप सुनपाति गाउपालिका ४ घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने बर्ष ४४ को समिन लामा र स्कुटी धनी सोही स्थान बस्ने बर्ष ५४ को सानुकाजी सिम्बन्जर वृत्त जगातीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!