६ महिनासम्म प्रयोगमा नआएको सिमकार्ड अर्को व्यक्तिका नाममा जारी नगर्न सर्वोच्चको आदेश

काठमाण्डौ, सर्बोच्च अदालतले ६ महिनासम्म प्रयोग नभएको सिम कार्ड अर्को व्यक्तिको नाममा जारी गरेर वितरण नगर्न आदेश दिएको छ ।

एक व्यक्तिको नाममा जारी भएको सिम लगातार ६ महिनासम्म प्रयोग नआएको खण्डमा सो सिमकार्ड अर्को व्यक्तिको नाममा जारी गर्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन कार्यान्वयन नगर्न भनेको हो ।

यस अघि मोबाइल सेवाप्रदायकले कुनै पनि व्यक्तिको सिम ६ महिना प्रयोगमा नभएको अवस्थामा सो सिम अर्को व्यक्तिको नाममा वितरण गर्दै आएको थियो ।

सञ्चार मन्त्रालयलाई विपक्षी बनाएर सपना भण्डारीले दायर गरेको रिटमा अदालतले मुद्दाको अन्तिम टुंगो नलागिन्जेलसम्म उक्त व्यवस्था कार्यान्वयन नगराउन भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!