बिश्व प्रसिद्ध स्पेनिस ब्रान्ड केल्मे (KELME)्को शोरुम मध्यपुर थिमिको राधेराधेमा,

मध्यपुर थिमि, भक्तपुरः

मध्यपुर थिमि भक्तपुरमा बिश्व प्रसिद्ध स्पेनिस ब्रान्ड केल्मे (KELME ) को शोरुम संचालनमा आएको छ । बिश्व प्रसिद्द अन्तराष्ट्रिय स्पेनिस ब्रान्ड केल्मे (KELME )को आउटलेट आजबाट औपचारिकरुपमा भक्तपुरको राधे राधे , सिद्धार्थ बैक सँगै संचालनमा आएको हो। मध्यपुर थिमि क्षेत्रकै ब्यापारिक हबको रुपमा बिकास हुदै गरेको राधे राधेमा आउटलेट संचालनमा आएसँगै बिश्वबिख्यात स्पेनिस ब्रान्ड केल्मेका खेलकुदका साथै अन्य प्रयोजनका कपडा तथा अन्य सामाग्रीहरु अब भक्तपुरमै पाइने भएको छ । आउटलेटको उदघाटन सिन्धुपाल्चोक जिल्ला क्षेत्र न १ का सघिय सासद मा. माधब सापकोटाले गर्नु भएको हो।

 

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका स्थानिय बासि इश्वर गुवाजुले उक्त आउटलेट संचालनमा ल्याएका हुन् । सामाजिक कार्यमा समेत क्रियाशील युवा ब्यबसायी गुवाजु आयात निर्यात लगायत अन्य ब्यबसायमा पनि सफल ब्यबसायीका रुपमा परिचित हुनुहुन्छ।

राधेराधे क्षेत्रमै चिकेन स्टेशन, 3D आर्ट ग्यालरि, साउना स्पा लगायतका ब्यबसाय सफल रुपमा सन्चालन गर्दै आउनु भएका युवा ब्यबसायी तथा वाइसियल नेपाल भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जितले ब्यबसायमा युवाहरुको आकर्षण स्वागत योग्य रहेको बताउदै आउट्लेटको ब्याबसायिक सफलताको कामना गर्नु भयो।

New Millennium Sports, S.L., Kelme  एक स्पेनिश खेलकुद उपकरण निर्माण कम्पनी हो जसले खेलकुद र एथलेटिक जुत्ताहरू सिर्जना र उत्पादन गर्दछ। यो डिएगो र जोसे क्विल्स द्वारा सन १९६३ मा स्थापित भएको थियो र यसको उत्पादनहरु फुटबल, फुटसल, बास्केटबल, दौड, क्रिकेट र टेनिस बजार को लागी गन्तव्य रहेको पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!