नगरकोट भक्तपुर, असार २५, २०८०ः
भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोटमा आज प्रहरी प्रभाग नगरकोटको भवन सिलान्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सीले भबनको शिलान्यास गरेका थिए ।
कार्यक्रममा चाँंगुनारायण नगरपालिका. ६ को वडा अध्यक्ष धन बहादुर लामा लगायतको उपस्थिति रहेको थियो । उक्त स्थानमा प्रभाग नगरकोटबाट प्र.ना.नि.बिनोद धितालको कमाण्डमा ७ जनाको टोली खटिगएको थियो । उक्त स्थान परिसर भक्तपुरबाट २२ कि.मि. उत्तर पूर्वमा पर्दछ ।