नेपाल लेयर्स कुखुरापालक सघले गर्यो अण्डाको मुल्य बृद्दि

अण्डाको मुल्य हालसम्म कै उच्चः किसानलाई थोरै राहत

चितवन, असार २५, २०८०:

रत्न काजि प्रजापति

नेपाल लेयर्स कुखुरापालक सघले अण्डाको मुल्यमा उच्चतम बृद्दि गरेको छ। संघको आज सौराहामा बसेको बैठकले भोलि असार २६ गते देखि लागु हुने गरिअण्डाको मुल्य बृद्दि गर्ने निर्णय गरेको हो।

अण्डाको हालको बजार अबस्थाको बारेमा बृहत छलफल पश्चात अण्डाको नया मुल्य तोकेको संघका सचिब मदन पोखरेलले नौलोआयाम डटकमलाई जानकारी दिनु भयो। ्बृद्दि भएको नया मुल्य अनुसार चितवनलाई आधार मानेर प्रति क्रेट एक्स एल अण्डा रु ४६०, ठुलो अण्डा रु ४५० र मिडियम अण्डा रु ४२५ मा कारोबार हुनेछ। यो मुल्य नेपाली पोल्ट्री इतिहासमै उच्च रहेको सचिब पोखरेलले बताउनु भयो।

बिगत लामो समय देखि कुखुरापालक किसानहरुले घाटामा आफ्नो ब्यबसाय संचालन गरिरहेको र अधिकांश किसानहरु ब्यबसायबाट नै पलायन भईसकेको अहिलेको बर्तमान अबस्थामा किसानहरुलाई ब्यबसायमा टिकाई राख़्नकै लागि नेपाल लेयर्स कुखुरापालक सघले पहल कदमि लिईरहेको बताऊदै सचिब पोखरेलले यो मुल्य बृद्दि पश्चात किसानलाई थोरै भए पनि राहत पुग्ने बताए।

नेपाल लेयर्स कुखुरापालक सघको गठन पश्चात अण्डाको बजार व्यवस्थापनका लागि सघले निरन्तर रूपमा प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!