मध्यपुर थिमि, श्रावण २. २०८०:
रत्न काजी प्रजापती
देशभर महामारीको रुपमा फैलिरहेको पशुचौपायामा लाग्ने रोग लम्पी स्किन रोगको प्रभाब मध्यपुर थिमिमा भने न्यून देखिएको छ ।
मध्यपुर थिमि नगरपालिका पशु शाखाका पशु चिकित्सक ठर कुमार थापाका अनुसार नगर भरी रहेका पशुचौपाया मध्ये हालसम्म जम्मा एक सय पचास पशुमा मात्र संक्रमण देखिएको र ती मध्ये ८ बटा पशुचौपायाको मृत्यु भैसकेको छ। संक्रमीत पशुचौपायाहरुलाई बिशेष निगरानीमा राखेर उपचार गरेकोले रोग फैलिन नपाएको र संक्रमीत सबै जनावरहरु हाल स्वस्थ रहेको उहाले बताए ।
रोग फैलिन नदिनको लागि नगर क्षेत्रभित्र रहेको पशुलाई लम्पी स्किन रोग बिरुद्धको खोप दिइ सकेको र यो कार्य आगामी बर्ष पनि निरन्तर हुने पशु चिकित्सक थापाले बताए।
स्मरण रहोस यो रोग हाल देशभरी नै महामारिको रुपमा फैलिरहेको छ र यसबाट हजारौ पशुचौपायाको मृत्युु भैसकेको छ ।
