नगरकोटको होटलमा बृद्दद्वारा आत्महत्या

नगरकोट, भक्तपुर ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका १ नगरकोटमा रहेको हिल साईड होटलको ११५ नं को कोठामा एकजना बृद्दले आत्महत्या गरेका छन् । काठमाडौं महानगरपालिका १३ कालीमाटी घर भई हाल बानेश्वर बस्ने वर्ष ५८ को रघुलाल अग्रवालले मेटासिट सुपर डी नामक विषादी सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

विषादीको सेवपछि अशक्त भएका उनलाई उपचारको लागी मध्यपुर अस्पताल मध्यपुर थिमि ल्याएकोमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । हाल मृतकको लास सोही अस्पतालमा रहेको छ ।

उक्त स्थानमा प्रहरी प्रभाग नगरकोटबाट  प्र.ब.ना.नि. कृष्णहरी रानाभाट सहित ४ जनाको  टोली खटी गएको प्रहरीले जनाएको छ । घटनास्थल परिसर भक्तपुरबाट १८ कि.मी.पूर्वमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!