मध्यपुर थिमि, साउन ६, २०८०ः
राष्ट्रिय स्वतन्त्र पार्टी, मध्यपुर थिमि नगर समितिले मध्यपुर थिमिमा आफ्नो संगठन बिस्तार तिब्र पारेको छ। हिजो सम्पन्न भएको पार्टिको वडा भेलाले एकै दिन वडा न ४,५ र ७ को वडा समिति गठन गरेको छ।

नबगठित वडा न ४ को सभापतिमा सुमी श्रेष्ठ चयन भएकी छिन। ११ सदस्यीय ४ न वडा समितिको उपसभापतिमा उदिप श्रेष्ठ र सचिवमा रोमी श्रेष्ठ रहनुभएको छ। त्यस्तै गरी सदस्यहरुमा हरि भक्त कायस्थ, लक्ष्मि मानन्धर, सनम श्रेष्ठ, अनिता श्रेष्ठ, दिल लक्ष्मि श्रेष्ठ, गंगा मानन्धर, पुर्ण कृष्ण श्रेष्ठ रहनु भएको छ।

त्यसै गरी वडा ५ मा ईश्वर श्रेष्ठ सभापति र सचिवमा सुरेन्द्र श्रेष्ठ चयन हुनु भएको छ। समितिको सदस्यहरुमा धर्मकुष्ण श्रेष्ठ, श्याम श्रेष्ठ,लक्ष्मीकृष्ण प्रजापति, र विश्व प्रजापति रहनुभएको छ ।

त्यसरी नै ७ वडामा नविन तको सभापति, कृष्णभक्त घजु उपसभापतिमा र सचिवमा रविना दाहाल रहनु भएको छ । सदस्यहरुमा क्रमश तारा लामा,जनक खत्री पौडेल,राजकृष्ण तकोे,पदम वहादुर खत्री,प्रेम सागर आचार्य राजेन्द्र ज्यापु र रामहरि भण्डारी रहनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य कुसुम महर्जनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
करिब महिना दिन अघि गठन भएको रास्वपा मध्यपुर थिमि नगर समितिले यस अघि ३ वडा को समिति गठन गरिसकेको छ। नगर समापति न्हुछे मानन्धरका अनुसार भाद्र महिनाको दोश्रो साता सम्ममा बाकि वडाका समितिहरु गठन गरि सक्नेछ।