नवदुर्गा मन्दिरमा भित्र्याइयो खँम्ये ः दाता रत्नभक्त दुमरु

भक्तपुर, साउन ८, २०८०ः

मोहनी नखाः अर्थात विजया दशमी २०८० मनाउन आज नवदुर्गा मन्दिर परिसरमा खम्ये (म्हेखासुर रुपी राक्षस रांगो) भित्र्याएको छ । हरेक वर्ष गाठामग चह्रे पश्चात भित्र्याउने परम्परा अनुसार आज खम्ये भित्र्याएको नवदुर्गा गणका लक्ष्मीनारायण बनमालाले जनाए । यस वर्षकालागि भनेर धेरै ठाउँमा खम्ये खोजियो स साना मात्र भेटिएकाले केही दिन ढिला भयो यद्यपी चाँगुनारायण नगरपालिका ७ स्थित बागीश्वरी स्थित बाल्मीकि पशुपालन तथा कृषि फर्ममा निखार राँगो भेटिएपछि आज विहान ७ बजे देखि लिन गएर करिब विहान करिब ११ बजे मन्दिरभित्र खँम्ये भित्र्याएको उहाँले जनाए । यस वर्षकालागि चोर्चाका रत्नभक्त दुमरुले खम्ये दान गरेको उहाँले बताए ।

मासुकालागि बेच्ने गरी पालिएको राँगो साँचि बजारमा बेचेको भए एक लाख भन्दा बढी आउने तर धार्मिक कार्यका लागि भएकाले दाताले दिन कबुल गरेको पैसामा चित्त बझाएर राँगो बेचेको फमका सञ्चालक नियमबहादुर श्रेष्ठले बताए । ४ वर्ष ७ महिना पुगेको सो राँगो खँ म्ये भन्ने कुरा थाहा पाएको भए मोलमोलाई पनि गर्दिन थे, थाहा भएन, सुरुमा मोलमोलाई भयो । खँम्ये जात्रा बारे सुनेको मात्रै थिए, हिजो मात्रै यसको विशेषताहरु थहा पाए श्रेष्ठले भने थाहा नपाएको कुरामा भगवानले पनि क्षमा दिन्छन् भन्ने मलाई लागेको छ ।

खम्ये विशेष प्रकारको राँगो रहेको यस वर्षका जात्रा व्यवस्थापक लक्ष्मीनारायण बनमालाको भनाई छ । जीउमा घाउ चोट नलागेको, एउटै रंगको, आधा जीउँको रौं अगाडी र आधा जीउँको रौं पछाडी फर्किएको साथै जीउमा चक्र भएको हुनपर्ने मान्यता अनुसार उपर्युक्त राँगो भेटिएपछि आज विधि पुर्याएर खम्ये भित्र्याएको उहाँले बताए ।

पहिला पहिला खम्ये जात्राको पालो पाउने बनमाला समुदायले ऋणमा ल्याउनुपर्ने हुन्थ्यो । वर्षभरी नवदुर्गाको जात्रा गरेर जम्मा भएको पैसाले ऋण तिर्नुपर्थ्यो। लक्ष्मीनारायणले स्मरण गर्दै भने आजभोली दाता भएकाले सजिलो भयो, जात्रा मनाउन । हामी बनमालाहरुलाई मगन्ते भनिथ्यो, तर आजभोली माग्नुपर्छ भने छैन, दाता मात्र होइन नवदुर्गा गण जात्रा व्यवस्थापन समितिलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी व्यवस्थित रुपमा यसका आयस्रोतहरु व्यवस्थापन गरेकोले अहिले सजिलो भयो उनले भने । नवदुर्गा जात्रा व्यवस्थापनका लागि भनेर पुर्खाले धेरै रोपनी जग्गा राखेको थियो तर त्यसको नियमित कुत आउने गर्दैन त्यसैले जात्रा मनाउन गाह्रो छ । ती स्रोतहरुलाई व्यवस्थित गर्ने हो भने नवदुर्गा जात्रा व्यवस्थापन धेरै सजिलो हुने उहाँको विश्वास छ । नयाँ पुस्तालाई जात्रा चलाउन माग्न पनि आउँदैन, त्यसैले देव गण हुन पनि रुचाउँदैन उहाँले भने स्रोत व्यवस्थापन भयो भने सजिलो हुनेछ । मल्लकालिन संस्कृतिको रुपमा रहेको नवदुर्गा गणको जात्रा परम्परागत तन्त्त मन्त्र र ऐतिहासिक जात्राको रुपमा लिने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!